सुदूरपश्चिमका मुख्यमन्त्रीले गरे सरकार पुनर्गठन
कैलाली। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले शुक्रबार सरकार पुनर्गठन गरेका छन्। भट्टले ४ मन्त्री र ४ राज्यमन्त्री चयन गरेका हुन्। प्रदेश सरकारको सामाजिक विकासमन्त्रीमा पूर्णा जोशी, आन्तरिक मामिला तथा कानूनमन्त्रीमा लालबहादुर खड्का, भौतिक पूर्वाधार विकासमन्त्रीमा दीर्घ सोडारी र उद्योग वन तथा वातावरणमन्त्रीमा मानबहादुर धामी चयन भएका छन्। त्यस्तै राज्यमन्त्रीहरुमा चुनकुमारी चौधरी, मनाकुमारी साउद, अर्चना गहतराज र मानबहादुर सुनार छन्।
प्रतिक्रिया दिनुहोस्