कांग्रेस प्रवक्ता शर्माको प्रश्न : देशमा सरकार छ, कहाँ?
काठमाडौं। नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले अक्सिजनको अभावमा पोखराको एक अस्पतालमा सुत्केरी महिलासहित ६ जनाको एकैसाथ निधनको घटना दुःखद र कारुणीक भएको बताएका छन्। भने, “समयमै अक्सिजन उपलब्ध हुने सुनिश्चित व्यवस्थापनको समन्वय सरकारले अझै गर्न नसक्नुको परिणाममा उपचाररत बिरामीको ठूलो संख्यामा एकसाथ निधनले राज्यको अकर्मण्यता पुष्टि त गरेको छ नै सरकार कहाँ छ भन्ने गम्भीर प्रश्न पनि सृजना गरेको छ।”
प्रतिक्रिया दिनुहोस्