सुदूरपश्चिममा एमालेका तीन मन्त्रीलाई कारवाही धनगढी। नेकपा एमालेले पार्टीको सुदूरपश्चिम प्रदेश सरकारका तीन मन्त्रीलाई साधारण सदस्यसमेत नरहने गरी निस्कासन गरेको छ। स्थायी कमिटी बैठकले दिएको निर्देशन अटेर गरेको तथा प्रदेश कमिटीले सोधेको स्पष्टीकरण समेत चित्तबुझ्दो नदिई माओवादी सरकारमा सामेल भएकाले निस्कासन गरिएको एमाले प्रदेश कमिटीले जनाएको छ। निस्कासित हुनेमा संसदीय दलका नेतासमेत रहेका प्रकाश शाह, कृष्ण सुवेदी र माया भट्ट छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्