सुदूरपश्चिम प्रदेशमा नवनियुक्त मन्त्रीद्वारा शपथ
कैलाली। सुदूरपश्चिम सरकारमा नवनियुक्त चार मन्त्री र राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। सामाजिक विकासमन्त्रीमा पूर्णा जोशी, आन्तरिक मामिला तथा कानुनमन्त्रीमा लालबहादुर खड्का, भौतिक पूर्वाधार विकासमन्त्रीमा दीर्घ सोडारी र उद्योग, वन तथा वातावरणमन्त्रीमा मानबहादुर धामीले शपथ लिएका हुन्। त्यस्तै, राज्यमन्त्रीहरूमा चुनकुमारी चौधरी, मनाकुमारी साउद, अर्चना गहतराज र मानबहादुर सुनारले शपथ लिएका हुन्।
प्रतिक्रिया दिनुहोस्