गणतन्त्र दिवसमा राष्ट्रपतिले ४३० कैदीलाई माफी काठमाडौँ। १४ औँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ४३० जना कैदीको कैदकट्टा गरी माफी दिएकी छिन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट नेपालको संविधानको धारा २७६ बमोजिम फौजदारी कसुर (सजाय तथा कार्यान्वयन) ऐन, २०७४ का दफा ३७ लगायतका कानून र सर्वोच्च अदालतको २०७७ साउन १९ को परमादेशका आधारमा कैदमिनाहा गरेकी हुन्। राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिअनुसार कैदमिनाहा जेठ १४ बाट लागु हुनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्