राज्य प्रणालीको सफलता शासकको चरित्र र व्यवहारमा निर्भर हुन्छ : कांग्रेस
काठमाडौं। नेपाली कांग्रेसले कुनै पनि राज्य प्रणालीको सफलता त्यसको नेतृत्व गर्ने शासकको चरित्र र व्यवहारमा निर्भर हुने बताएको छ। १४औं गणतन्त्र दिवसका अवसरमा सभापति शेरबहादुर देउवाद्वारा जारी विज्ञप्तिमा देशका राष्ट्रपति र प्रधानमन्त्रीकै संस्कार र व्यवहार तदनुकूलको बन्न नसक्दा देशबासीले समस्या भाग्नुपरेको उल्लेख छ। जनताले यसप्रति गम्भीरता राख्न र चुनौती पार गरेर अघि बढ्ने संकल्प गर्न कांग्रेसले अपिल गरेको छ।
प्रतिक्रिया दिनुहोस्