गणतन्त्रविरोधी बयलगाडेहरुको हातमा देश पुगेकाले गणतन्त्रप्रति अनास्था जगाउने काम भयो : डा भट्टराई
काठमाडौं। पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा बाबुराम भट्टराईले गणतन्त्रविरोधी बयलगाडेहरुको हातमा देशको नेतृत्व पुगेकाले अहिले गणतन्त्रप्रति नै अनास्था जगाउने काम भइरहेको आरोप लगाएका छन्। आज ट्वीटरमा एक पोष्ट गर्दै उनले त्यसलाई परास्त गर्दै जनताको हातमा आएको सार्वभौमसत्ताको रक्षा गर्न अपिलसमेत गरेका छन्। उनले जनताको बलिदानबाट प्राप्त गणतन्त्र दिवसको शुभकामनासमेत दिएका छन्।
प्रतिक्रिया दिनुहोस्