लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउने निर्वाचनको घोषणा- प्रधानमन्त्री ओली
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन लोकतन्त्रको आधारभूत पक्ष भएकाले आगामी कात्तिक २६ र मंसीर ३ गते दुई चरणमा आम निर्वाचन सम्पन्न गर्ने घोषणा भएको बताएका छन्। गणतन्त्र दिवसको शुभकामना दिँदै उनले भने,"यतिबेला चुनाव हुँदैन र गराईदैन भन्ने भ्रमपूर्ण प्रचार तथा चुनाव स्वतन्त्र र निष्पक्ष हुँदैन भन्ने कुप्रचार दुवै अत्यन्त निराधार कुरा हुन। निर्वाचन हुनेछ।"
प्रतिक्रिया दिनुहोस्