सुदूरपश्चिम सरकारका तीन मन्त्रीलाई एमालेको साधारण सदस्य समेत नरहने गरी निष्कासन गर्न सिफारिस
धनगढी ।एमालेले पार्टीको निर्णय उल्लंघन गरेको भन्दै सुदूरपश्चिम प्रदेश सरकारका तीन मन्त्रीलाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गर्न सिफारिस गरेको छ। पार्टी निर्देशन अटेर गरेको र प्रदेश कमिटीले सोधेको स्पष्टीकरण समेत चित्तबुझ्दो नदिइ माओवादी सरकारमा सामेल भएकाले निष्कासनको लागि सिफारिस गरेको बताइएको छ।निष्कासित हुनेमा संसदीय दलका नेता समेत रहेका प्रकाश शाह, कृष्ण सुवेदी र माया भट्ट छन्।
प्रतिक्रिया दिनुहोस्