नेपालले विश्व शान्ति स्थापनाका लागि निरन्तर योगदान दिने छः राष्ट्रपति
काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राष्ट्र संघ शान्ति सेना दिवस(मे २९)अवसरमानेपालले विश्वमा शान्ति स्थापनाका लागि निरन्तर योगदान गरिरहने बताएकी छिन्। शान्ति सैनिकका रूपमा खटिने सुरक्षाकर्मीसहित सम्पूर्ण राष्ट्र संघ परिवारमा शुभकामनाका लागि आज अपराह्न ट्वीट गर्दै शान्ति स्थापनार्थ खटिने क्रममा शहादत प्राप्त गर्ने शान्ति सैनिकप्रति उच्च सम्मान व्यक्त गरेकी छिन्।
प्रतिक्रिया दिनुहोस्