जसपा विवाद : महन्थले फेरि उपेन्द्रसँग स्पष्टीकरण सोधे
काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले पुनः अर्का अध्यक्ष उपेन्द्र यादवलाई २४ घण्टे स्पष्टीकरण सोधेका छन्। आज अध्यक्ष महन्थद्वारा जारी एक पत्रमा राजनैतिक दलसम्बन्धी ऐन, २०७३ को दफा १८ (१),(२),(३) र पार्टीको विधानको दफा ४९ (१),(२),(३),(५),(७),(८), दफा ५०(१) विपरीत काम उपेन्द्रले गरेकोले पुनः स्पष्टीकरण सोधिएको जनाइएको छ। जवाफ २४ घण्टाभित्र नआए पार्टीबाट निष्कासन गरिने पत्रमा उल्लेख छ।
प्रतिक्रिया दिनुहोस्