स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न ७ अर्ब ५० करोड काठमाडौं। सरकारले आर्थिक वर्ष २०७८÷७९ मा स्वास्थ्य विमा कार्यक्रम सञ्चालन गर्न ७ अर्ब ५० करोड रूपैयाँ बजेट विनियोजन गरेको छ। “आगामी आर्थिक वर्षभित्र सबै स्थानीय तहमा स्वास्थ्य बीमा कार्यक्रम विस्तार गरी न्यूनतम ५० प्रतिशत परिवारलाई बीमाको दायरामा ल्याइनेछ। स्वास्थ्य बीमा बोर्डको संस्थागत क्षमता अभिवृद्धि गरिनेछ। बीमा कार्यक्रमको दीगोपनाको लागि वैकल्पिक वित्तीयस्रोतको व्यवस्था गरिनेछ,” आज बजेट भाषणमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्