प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दामा सुनुवाई हुँदै काठमाडौं।प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा आजदेखि पुनः सुनुवाई हुँदैछ।शुत्रबार समयाभावका कारण सो मुद्दा ‘हेर्दाहेर्दै’ मा राखिएको थियो। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की,डा.आनन्दमोहन भट्टराई,तेजबहादुर केसी र बमकुमार श्रेष्ठको इजलासमा ३० वटा रिटमाथि सुनुवाइ हुनेछ। प्रतिनिधिसभाका १४६ सांसदले संसद पुनःस्थापन गर्नुपर्ने माग गर्दै रिट हालेका छन् भने प्रधानमन्त्री ओलीलाई नै पुनः नियुक्त गर्नुपर्ने मागसहित चार वटा रिट परेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्