विपक्षी गठबन्धन भन्छ- सर्वोच्च अदालतवाट न्याय पाउने विश्वास छ
काठमाडौं। नेपाली कांग्रेस नेतृत्वको विपक्षी गठबन्धनले सर्वोच्च अदालतवाट न्याय पाउनेमा विश्वस्त भएको जनाएका छन्। बुढानिलकण्ठस्थित कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा बसेको गठबन्धन बैठकले अदालतवाट न्याय पाउनेमा विश्वस्त रहेको जनाउँदै वक्तब्य जारी गरेका छन्। प्रतिनिसभा पुनर्स्थापनाका लागि रिट दायर गरेका देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमालेवाट निष्कासित नेता माधवकुमार नेपाल,जसपा नेपालका उपेन्द्र यादवलगायतले बक्तब्य जारी गरेका हुन ।
प्रतिक्रिया दिनुहोस्