थाई राजपरिवारले गरेको सहयोग महत्वपूर्ण : परराष्ट्रमन्त्री ज्ञवाली काठमाडौं। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विषय परिस्थितिमा नेपालको लागि थाई राजपरिवारले गरेको सहयोग महत्वपूर्ण रहेको बताएका छन्। “थाई नरेशलाई नेपाल सरकारको तर्फबाट धन्यवाद दिन चाहन्छु,” थाई राजपरिवारले पठाएको स्वास्थ्य सामाग्री बुझेपछि उनले भने। नेपालमा कोरोना महामारी नियन्त्रण गर्न थाई राजपरिवारले पठाएको ३० युनिट हाइफ्लो नोजल क्यानोला, ८ युनिट अक्सिजन कन्सन्ट्रेटरसहित १० किसिमका स्वास्थ्यसामाग्री आज काठमाडौं आइपुगेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्