एमाले स्थायी कमिटीको बैठक स्थगित काठमाडौं। एमाले स्थायी कमिटीको बैठक आज पनि स्थगित भएको छ। बिहान १० बजे बालुवाटारमा बोलाइएको बैठक अन्तिम समयमा स्थगित गरिएको हो। राष्ट्रिय सभा निर्वाचनलाई कारण देखाउँदै स्थगित गरिएको हो। यसअघिको बैठकले वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहित ११ जनालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्दै थप १२ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्