राष्ट्रियसभा उपनिर्वाचनको मतदान सुरु बुटवल। लुम्बिनीबाट राष्ट्रियसभामा रिक्त एक पदको पदपूर्तिका लागि उपनिर्वाचन सुरु भएको छ। माओवादी केन्द्रबाट विजयी चन्द्रबहादुर खड्का एमाले प्रवेश गरेपछि सो स्थान रिक्त भएको हो। दाङको कर्मचारी मिलन केन्द्रमा मतदान सुरु भएको हो। मतदान सकिएलगत्तै गणना गरेर आजै मतपरिणाम सार्वजनिक गर्ने तयारी छ। उपनिर्वाचनमा कांग्रेस, माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चाका तर्फबाट दृगनारायण पाण्डे र एमालेबाट चन्द्रबहादुर खड्का मैदानमा छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्