जसपाभित्रको विवादमा कार्वाहीका लागि सोधिएको स्पष्टीकरणको समय सकियो काठमाडौं। जनता समाजवादी पार्टी नेपालभित्रको विवादमा महन्थ ठाकुर र उपेन्द्र यादवले एक अर्कालाई कार्वाहीका लागि सोधिएको स्पष्टीकरणको समयसीमा सकिएको छ। केपी ओली सरकारलाई समर्थन दिएको तथा सो सरकारमा सहभागी भएमा निष्काशन गर्ने चेतावनीसहित यादवले ठाकुरसहित ४ नेतालाई स्पष्टीकरण गत शनिबार सोधेका थिए। ठाकुरले पनि पार्टी निर्णय विपरीत प्रतिपक्ष दल कांग्रेसलाई सहयोग गरेको भन्दै २४ घन्टे स्पष्टीकरण सोधेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्