संसद छलेर ल्याएको बजेट लोकतान्त्रिक मान्यताविपरीत : कांग्रेस काठमाडौं। वैधता गुमाएको सरकारले संसदलाई छलेर ल्याएको बजेट लोकतान्त्रिक मूल्यमान्यताविपरीत रहेको नेपाली कांग्रेसले ठहर गरेको छ। आज कांग्रेसको संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलनमा सरकारको छायाँ अर्थमन्त्री मिनेन्द्र रिजालले यस्तो बताएका हुन्। “संसदलाई छलेर प्रस्तुत गरिएको यो बजेटले जनतालाई कर ऋणको भार थप्ने जनताको स्वीकृतिबेगर गर्न पाइँदैन। यो लोकतान्त्रिक मूल्यमान्यताविपरीत छ,” उनले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्