दुई न्यायाधीशमाथि प्रश्न उठेपछि संवैधानिक इजलासका न्यायाधीशहरु छलफलमा
काठमाडौं। दुई न्यायाधीशमाथिको निष्ठामा प्रश्न उठाइएपछि संवैधानिक इजलासका न्यायाधीश छलफलमा बसेका छन्। संवैधानिक इजलासका न्यायाधीशहरुबीच अहिले सर्वोच्च अदालत परिसरमै छलफल चलिरहेको छ। अधिवक्ताहरुले न्यायाधीश बमकुमार श्रेष्ठ र तेजबहादुर केसीमाथि नैतिकताको प्रश्न उठाएका थिए। ती दुई न्यायाधीश इजलासमा बस्ने कि नबस्नेबारे आज अपरान्हसम्म टुंगो लाग्नेछ।
प्रतिक्रिया दिनुहोस्