लुम्बिनी प्रदेशमा निर्वाचन : गठबन्धनबाट दृगनारायण पाण्डे विजयी
काठमाडौँ। लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्यका लागि भएको निर्वाचनमा नेपाली कांग्रेससहितको गठबन्धनका उम्मेदवार दृगनारायण पाण्डे विजयी भएका छन्। उनले सत्तारुढ नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गरेका हुन्। कांग्रेसका पाण्डेले १६० मत पाए भने एमालेका खड्काले १२३ मत पाए। विजयी भएको औपचारिक घोषणा भने हुन बाँकी छ।
प्रतिक्रिया दिनुहोस्