परराष्ट्रमन्त्री ज्ञवाली र युएईका विदेश राज्यमन्त्रीबीच भर्चुअल बैठक सम्पन्न
काठमाडौं। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र युनाइटेड अरब इमिरेट्स (युएई)का विदेश राज्यमन्त्री अहमेद अलि अल सैयघबीच आज भर्चुअल बैठक भएको छ। बैठकमा नेपाल–युएई सम्बन्ध तथा सहयोग, कोभिडसम्बन्धी सहयोग लगायतका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। बैठकमा मन्त्री ज्ञवालीले कोरोना विरुद्धको लडाईंमा सहयोग गरेकोमा युएईलाई धन्यवाद दिएका थिए। युएईका मन्त्रीले आगामी दिनमा पनि कोभिडसम्बन्धी सहयोग नेपाललाई गर्ने जनाएका थिए।
प्रतिक्रिया दिनुहोस्