नागरिकको मानव अधिकारको रक्षा गर्न मानव अधिकार आयोगको आग्रह
काठमाडौं। राष्ट्रिय मानव अधिकार आयोगले कोभिड–१९ बाट उत्पन्न सबै असरको सम्बोधन गर्न र श्रमिकको जीविकोपार्जको व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ।आयोगले नागरिकमाथि दुर्व्यवहार नगर्न, व्यक्तिको जीवन,स्वास्थ्य र दैनिक जीवनमा अत्यावश्यक पर्ने सेवा, वस्तुको पहुँच, आपूर्ति व्यवस्थापन तथा नियमन गर्न,अग्रपङ्क्तिमा रहेका स्वास्थ्यकर्मी,सुरक्षाकर्मीलगायतको मनोबल उच्च राख्नसमेत सरकारसँग आग्रह गरेको आयोगका प्रवक्ता डा टीकाराम पोखे्रलले आज जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
प्रतिक्रिया दिनुहोस्