एमालेनिकट युवा संघको अध्यक्षमा पौडेल
काठमाडौं।एमालेनिकट राष्ट्रिय युवा संघको अध्यक्षमा किरण पौडेल चयन भएका छन्।संघको आज भर्चुअल रुपमा भएको सचिवालय बैठकले पौडेललाई अध्यक्षमा चयन गरेको महासचिव रमेश आचार्यले बताए। संघका अध्यक्ष बचनवहादुर सिंह उमेरहदका कारण स्वतः पदमुक्त भएपछि सहअध्यक्ष पौडेललाई अध्यक्षमा चयन गरिएको हो। युवा संघमा ४० वर्ष उमेरहद तोकिएको छ।महासचिव आचार्यले आजको बैठकले अध्यक्षमात्र चयन गरेको र केन्द्रीय कमिटी यथावत रहेको बताए।
प्रतिक्रिया दिनुहोस्