स्वास्थ्यकर्मीलाई एकमुष्ट कोराना भत्ता दिन्छौं : मुख्यमन्त्री शाही
कर्णाली। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कोरोना भत्ता एकमुष्ट उपलब्ध गराउने बताएका छन्। जिल्ला विपद् व्यवस्थापन समिति कालीकोटको बैठकमा सोमबार जिल्ला अस्पताल कालिकोटका चिकित्सक तथा स्वास्थ्यकर्मीसँग छलफल गर्ने क्रममा उनलाई स्वास्थ्यकर्मीहरूले भत्ता उपलब्ध गराइदिन अनुरोध गरेका थिए। सो क्रममा उनले प्रदेशका सबै स्वास्थ्यकर्मीलाई गत र चालु आवको भत्ता एकमुष्टरूपमा तत्काल उपलब्ध गराउने विश्वास दिलाएका थिए। रासस
प्रतिक्रिया दिनुहोस्