जसपा अध्यक्ष ठाकुरसहित महतो,कर्ण र शुक्ला निष्काशित
काठमाडाैं।जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव समूहले अर्का अध्यक्ष महन्थ ठाकुर,वरिष्ठ नेता राजेन्द्र महतो,कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई पार्टीवाट निष्काशन गरेको छ।पार्टी कार्यालय बालकुमारीमा बसेको पदाधिकारी बैठकले स्पष्टीकरण सोधेका ४ नेतालाई पार्टीवाट निष्काशनको कारबाही गरेको नेता मोहम्मद ईस्तियाक राईले जानकारी दिए।जेठ ११ गते स्पष्टीकरण मागिएको तर त्यसको जवाफ नआएपछि पुन:जेठ १५ गते २४ घण्टे स्पष्टीकरण सोधेको थियो।
प्रतिक्रिया दिनुहोस्