एमालेले स्पष्टीकरण सोधिएका नेतालाई गरेन कारबाही
काठमाडाैं। आफ्नै पार्टीको सरकार ढाल्ने उद्देश्यसहित प्रतिपक्ष दलका नेतालाई सहयोग गरेको भन्दै स्पष्टीकरण सोधिएका नेतालाई नेकपा एमालेले कारबाही गरेन।आज बसेको स्थायी कमिटी बैठकले पार्टी एकता कायम राख्न नेतृत्वले अन्तिम समयसम्म प्रयत्न गर्ने भन्दै कारबाही नगरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिएका छन्। संवैधानिक इजलासमा झगडियाले न्यायाधीस छान्न गरेको प्रयासप्रति एमालेले स्वतन्त्र न्यायपालिकामा हस्तक्षेप भन्दै निन्दा समेत गरेको छ।
प्रतिक्रिया दिनुहोस्