उपेन्द्र–बाबुरामलाई कार्वाही गर्न महन्थ पक्षको बैठक जारी काठमाडौं। जनता समाजवादी पार्टी महन्थ ठाकुर पक्षको बैठक जारी छ। महन्थसहित चार नेतालाई उपेन्द्र पक्षले निष्काशित गरेपछि महन्थ पक्षले पनि कार्वाही गर्न बैठक बोलाएको हो। अहिले पार्टी कार्यालय बबरमहलमा बैठक चलिरहेको एक सांसदले बताए। ती सांसदले भने, “हामी पनि कार्वाही गर्छौं, उपेन्द्र यादव र बाबुराम भट्टराईलाई कार्वाही गर्ने निर्णय आउन सक्छ।”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्