विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको स्वास्थ्यावस्था चिन्ताजनक
काठमाडौं। विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको स्वास्थ अवस्था गम्भीर भएको छ। थापालाई इक्मो टेक्नोलोजीबाट उपचार गराएपनि उनको स्वास्थ्यमा अपेक्षित सुधार आउन नसकेको चिकित्सकले बताएका छन्। यो प्रविधिले शरीरका सबै अंग चलायमान गराउने बताइन्छ। कोरोना संक्रमणपछि उनको सुरुमा ह्याम्स र ग्राण्डी अस्पतालमा उपचार भएको थियो। पछिल्लो समय उनको स्वास्थ्य गम्भीर भएपछि मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ।
प्रतिक्रिया दिनुहोस्