काङ्ग्रेसले सुरु गर्‍यो ‘स्वास्थ्य उपकरण सहजीकरण अभियान’ काठमाडौं। नेपाली काङ्ग्रेसले ‘स्वास्थ्य उपकरण सहजीकरण अभियान’सुरु गरेको छ। अभियान सञ्चालन गर्न बायो मेडिकल इञ्जिनियरहरूका स्वयंसेवी समूह निर्माणसमेत गरेको छ। कोरोना उपचारका उपकरणहरूको पुनर्निर्माणमा अस्पताल, स्वास्थ्य संस्थाहरू एवं आवश्यक व्यक्तिहरुलाई देशव्यापी रूपमा निःशुल्क सेवा उपलब्ध गरिने कांग्रेसद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ। उपकरणको सही ढंगले प्रयोग गर्न आवश्यक ज्ञान जरुरी रहेकालाई स्थिति अनुकुल प्रत्यक्ष वा अप्रत्यक्ष प्रशिक्षण दिइने जनाइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्