जसपा यादव पक्षद्वारा कार्वाही गरिएका चार नेताको बारेमा निर्वाचन आयोगलाई जानकारी
काठमाडौं। जनता समाजावादी पार्टी, नेपालको उपेन्द्र यादव समूहले आज पार्टीबाट निष्काशन गरिएका चारजना नेताको बारेमा निर्वाचन आयोगलाई जानकारी गराएको छ। यादव पक्षले अनुशासनहीन कार्य गरेको भन्दै आज अर्का अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालई पार्टीबाट निष्काशन गरेको थियो। निष्काशन गरेलगत्तै अध्यक्ष यादवले निर्वाचन आयोगमा पत्रचार गरेका हुन्।
प्रतिक्रिया दिनुहोस्