न्यायाधीशद्वय केसी र श्रेष्ठको राय : नेकपा बदर र संसद विघटनको मुद्दाबीच कुनै सम्बन्ध छैन् काठमाडौं। सर्वोच्च अदालतका न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठले संवैधानिक इजलासमा बस्न नमिल्ने विषयसँग सहमत हुन नसक्ने राय पेश गरेका छन्। न्यायाधीशद्वय केसी र श्रेष्ठले नेकपा एकता बदर र त्यसको पुनरावलोकनमा संलग्नताको आधारमा इजलासमा बस्न नमिल्ने विषयमा सहमत हुन नसक्ने राय पेश गरेका हुन्। उनीहरुले ऋषिराम कट्टेलसमेत भएको मुद्दा सम्बन्धमा निर्णय भइसकेकाले संसद विघटनको मुद्दासँग यसको सम्बन्ध नरहेको बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्