उपेन्द्रलाई साधारण सदस्यबाट निकालेकोबारे निर्वाचन आयोगलाई जानकारी
काठमाडौं। जसपाको महन्थ ठाकुरपक्षले अर्का अध्यक्ष उपेन्द्र यादवलाई कारबाही गरेको पत्र निर्वाचन आयोगमा पठाएको छ। बबरमहलमा केन्द्रीय कार्यकारिणी समितिको बैठकले उपेन्द्र यादवलाई साधारण सदस्यसमेत नरहने गरी कारवाही गरिएको र उक्त पत्र निर्वाचन आयोगमा पठाइएको कार्यकारिणी सदस्य केशव झाले जानकारी दिए। उपेन्द्रपक्षले महन्थसहित चारजना नेतालाई निष्कासन गरेको पत्र पनि निर्वाचन आयोगमा पठाइसकेको छ।
प्रतिक्रिया दिनुहोस्