सरकार दाबी गर्ने विपक्षीले संसद विघटनलाई असंवैधानिक भन्न मिल्दैनः पूर्वमहान्यायधीवक्ता खरेल
काठमाडौं। पूर्वमहान्यायधीवक्ता अग्नि खरेलले शेरबहादुर देउवाले ७६(४) कुल्चेर सरकार बनाउन (५) मा आएकाले संसद विघटन असंवैधानिक नभएको तर्क गरेका छन्। देखापढीसँगको कुराकानीमा पूर्वमहान्यायधीवक्ता खरेलले यस्तो बताएका हुन्। उनले भने, “विपक्षी गठनबन्धनले ७६ को ४ लाई कुल्चिनु हुँदैनथ्यो। उपधारा ५ अनुसार सरकार बनाउन हिँड्नु हुँदैनथ्यो। तर, अहिले आएर प्रतिनिधिसभा विघटन असंवैधानिक भयो भन्ने?”
प्रतिक्रिया दिनुहोस्