नागरिकताबारे उपेन्द्र यादवले मधेसमा भ्रम छर्दै हिँडेका छन् : पूर्वमहान्यायाधिवक्ता खरेल
काठमाडौं। पूर्वमहान्यायाधिवक्ता अग्नि खरेलले जसपाका उपेन्द्र यादव र बाबुराम भट्टराईले नागरिकता विषयमा राजनीति गरेको आरोप लगाएका छन्। उनले नागरिकता विषयको समाधान भएको बताउँदै उपेन्द्रले प्रधानमन्त्रीलाई धन्यवाद दिनुपर्ने देखापढीसँग बताए। “मधेसमा उपेन्द्र यादवले नागरिकता विषयमा राजनीति गर्दै छन्, भ्रम छर्दै हिँडेका छन्। अर्को मुद्दामा राजनीति गर्नुस्,” उनले भने, “संसदमा थन्किएको विषय अध्यादेशबाट ल्याइएको हो र? यो संविधानअनुसार नै छ।”
प्रतिक्रिया दिनुहोस्