नेपालको ढुंगा, गिट्टी, बालुवा निकासी गर्ने सरकारको निर्णय रोकेरै छोड्छौंः गगन थापा काठमाडौं।नेपाली कांग्रेकाका नेता गगन थापाले नेपालको ढुंगा, गिट्टी, बालुवा निकासी गर्ने सरकारको निर्णय रोकेरै छाड्ने बताएका छन्।सरकारले यस्ता कुरालाई बजेटमा समेटेर वातावरण र चुरे संरक्षणमा कति असंवेदनशील छ भन्ने प्रस्ट पारेको उनले जनाए।“चुरे क्षेत्र तहसनहस पारेर तराईलाई मरुभुमिकरण गर्न उद्धत यस्ता प्रयत्नलाई विगतमा संसदीय समितिमा हुँदा पनि पटकपटक रोकेको हो।यसपटक पनि सरकारको यो निर्णय रोकेरै छाड्नेछौं”, उनले ट्वीटरमा लेखेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्