गिटी बालुवा पैठारीले चुरे उत्खनन रोकिन्छ : शंकर पोखरेल
काठमाडौं।लुुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सरकारले बजेट मार्फत प्रस्तुत गरेको योजना नदी–खोलाको ढुंगा बालुवा वा चुरे उत्खनन गरी निकासी गर्ने नभएको बताएका छन्।उनले ढुंगे पहाडलाई खानी क्षेत्रका रुपमा छुट्याई निकासी अनुमति दिने भएको सामाजिक सञ्जालमा लेखेका छन्। “तसर्थ यस्तो विषयलाई चुरे क्षेत्रको विनाससंग जोडेर भ्रम सिर्जना नगरौं।चुरे क्षेत्रको संरक्षणमा योगदान गर्नसक्ने कार्यक्रमका रुपमा यस सोचलाई आत्मसात गरौं’, उनले लेखेका छन्।
प्रतिक्रिया दिनुहोस्