कांग्रेसले भन्यो : मुख्यमन्त्रीले विश्वासको मत लिने वा राजिनामा दिने? बुटवल। लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसले मुख्यमन्त्री शंकर पोखरेलको राजिनामा माग गरेको छ। आज सुरु भएको प्रदेशसभा बैठकमा मन्त्री पोखरेलले तत्काल विश्वासको मत लिने वा राजिनामा दिनुपर्ने माग गरेको हो। नेपाली कांग्रेसका लुम्बिनी प्रदेशसभा मुख्यसचेतक फखरुदिन खानले भने,‘राष्ट्रियसभाको निर्वाचन परिणामले पनि सरकार अल्पमतमा छ भन्ने प्रष्ट छ। मुख्यमन्त्री राष्ट्रिय हस्ती हुनुहुन्छ। उहाँ आफैंले यसबारे गम्भीर रुपमा लिनुहुन्छ भन्ने विश्वास छ।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्