रामचन्द्र पौडेलद्वारा आफू पक्षीय केन्द्रीय सदस्यसँग छलफल जारी
काठमाडौं। नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले आफू पक्षका केन्द्रीय सदस्यहरुसँग भर्चुअल माध्ययमबाट छलफल गरिरहेका छन्। पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीको १४औं महाधिवेशनका सम्बन्धमा छलफल भइरहेको बताइएको छ। कोरोना महामारी र क्रियाशील सदस्यताको काममा देखिएको ढिलासुस्तीले आगामी भदौ ७ देखि १० को निर्धारित महाधिवेशन प्रभावित हुने परिस्थिति बन्दै गएपछि पौडेलले संस्थापन इतर पक्षसँग छलफल अघि बढाएका हुन्।
प्रतिक्रिया दिनुहोस्