ढुंगा, गिटी र बालुवाको निकासी गर्ने बजेटको घोषणा राष्ट्रघाती : उपेन्द्र यादव काठमाडौं। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले व्यापार घाटा कम गर्ने नाममा ढुंगा, गिटी, बालुवाको निकासी गर्नु राष्ट्रघाती भएको बताएका छन्। उनले चुरे विनाश र तराई मधेसलाई मरुभूमिकरण गर्न खोजेको बताए। “सरकारको यो योजना वातावरणीय हिसाबले घातक रहेको छ,” सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, “यसबाट सबैभन्दा बढी प्रभाव चुरेको संवेदनशील क्षेत्रमा पर्ने भएकाले ढुंगा, गिटीको निकास बन्द गर्नुपर्छ।”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्