भक्तपुरमा पाँच दलीय गठबन्धनले बुझायो प्रधानमन्त्रीलाई ११ बुँदे मागसहित ज्ञापनपत्र
भक्तपुर। भक्तपुरमा पाँच दलीय गठबन्धनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ। गठबन्धनले बुधबार प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाइएको हो। भक्तपुरका पाँच प्रमुख राजनीतिक दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाले संसद विघटनको असंवैधानिक कदम खारेज हुनुपर्ने, निःशुल्क कोभिड खोपको व्यवस्था गर्नुपर्ने लगाएतका माग राखेका हुन्।
प्रतिक्रिया दिनुहोस्