निर्वाचन आयोगले महन्थ र उपेन्द्रसँग माग्यो कारवाही पुष्टि गर्ने थप कागजात
काठमाडौं। निर्वाचन आयोगले कारवाही पुष्टि गर्नेबारे थप कागजात पठाउन जनता समाजवादी पार्टीका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवलाई भनेको छ। अध्यक्षद्वयले एक-अर्कालाई कारबाही गरेको पत्र हिजो निर्वाचन आयोग पठाएका थिए। आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले भने, “निवेदन खारेज भएको छैन, कारबाही पुष्टि गर्ने गरी आवश्यक कागजात छ कि छैन भनेर जाँच हुँदा केही कागजातको कमी भएकाले त्यो मागिएको छ।”
प्रतिक्रिया दिनुहोस्