नयाँ पार्टी गठनको प्रक्रियाबाट पछि हटेको छैन : नेपाल काठमाडौँ। पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नयाँ पार्टी गठनको प्रकियाबाट आफू पछि नहटेको बताएका छन्। एमालेबाट निष्कासित भएपछि पहिलोपटक आफूनिकट जनवर्गीय संगठनका नेताहरूसँग भर्चुअल बैठक बस्दै उनले यस्तो धारणा राखेका हुन्। सहभागी एक नेताका अनुसार आत्मसमर्पण कि विद्रोह भन्ने दुई लाइनमध्ये विद्रोह उचित हुने सुझाव दिएका थिए। नेता नेपालले दोस्रो पुस्ताका नेताहरूले ओलीपक्षसँग गरिरहेको वार्ताप्रति पनि घुमाउरो रूपले असन्तुष्टि जनाएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्