मुख्यमन्त्री पोखरेल भन्छन्- राष्ट्रपतिबाट खोपका लागि कुटनीतिक पहल हुनु संवेदनशीलताको प्रमाण हो काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राष्ट्रपतिको तहबाट खोपका लागि पहल हुनु स्वास्थ्यप्रति संवेदनशीलताको प्रमाण भएको बताएका छन्। राष्ट्रपतिले खोपका लागि कुटनीतिक पहल गरेको विषयमा विरोध भइरहेका बेला मुख्यमन्त्री पोखरेलले यस्तो टिप्पणी गरेका छन्। उनले आज बिहान सामाजिक सञ्जालमा लेखेका छन्, "राष्ट्रपतिको तहबाट खोपका लागि कुटुनीतिक पहल हुनु जनताको स्वास्थ्यप्रति सरकार संवेदनशील रहेको प्रमाण हो। सफलता मिलोस्।"
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्