प्रधानमन्त्रीका प्रेस सल्लाहकार भन्छन्, चुरेको दोहन र तराईको मरुभूमिकरण हुने प्रचार नियोजित
काठमाडौं। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले चुरेको दोहन र तराईको मरुभूमिकरण हुने भन्दै गरिएको प्रचार नियोजित भएको बताएका छन्। "चुरे क्षेत्रको संरक्षण गर्न ल्याइएको कार्यक्रमलाई चुरेको दोहन र तराईको मरुभूमिकरण हुने भनी प्रचार गर्नेहरुको रवैया नियोजित छ" उनले ट्वीट गर्दै भनेका छन्, "इन्धन भएका देशले डिजेल, पेट्रोल बेचिरहेका छन। पानी, ढुंगा र फलाम भएका देशबाट तिनै चिज निर्यात गर्न सकिन्छ।"
प्रतिक्रिया दिनुहोस्