सत्तारुढ एमालेले भन्यो, विधान विपरीत बोलाइएको बैठकमा सहभागी नहुनु काठमाडौं। सत्तारुढ नेकपा एमालेले माधव नेपाल पक्षले बोलाएको बैठकमा सहभागी नहुन निर्देशन दिएको छ। आज बिहान एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले विज्ञप्ति जारी गर्दै पार्टीले कारबाही गरेका अनधिकृत व्यक्तिले केन्द्रीय कमिटीको बैठक बोलाएकोमा भत्सर्ना गरेका छन्। माधव नेपाल पक्षलाई लक्षित गर्दै विज्ञप्तिमा भनिएको छ, "पार्टीको विधान र मुलुकको कानुन विपरीतको त्यस्ता क्रियाकलपामा सहभागी नहुन सुचित गर्दछु।"
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्