कर्मचारीलाई तालिम नहुँदा रेल सञ्‍चालन भएन काठमाडौं। रेल सञ्‍चालनको लागि आवश्यक तालिम गर्न नसक्दा जनकपुर-जयनगर रेल चलाउन नसकेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जानकारी दिएको छ। "कोभिड-१९ को संक्रमणको कारण निरन्तर लकडाउन भएकाले कर्मचारीलाई तालिम दिन सकेका छैनौं। भारतबाट प्राशिक्षक बोलाएर तालिम सुरु गर्ने वित्तिकै लकडाउन भयो। २० दिनको तालिम हुने दिइएपछि रेल सञ्‍चालन गर्न सकिने छ," मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्