जनमोर्चाद्वारा प्रदेशसभा सदस्य थापामाथि कारबाही, पद रिक्तका लागि पठायो पत्र पोखरा। राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशसभाका सदस्य कृष्ण थापाको पद रिक्त गर्न सूचना दर्ता गरेको छ। पार्टीको निर्णय उल्लंघन गरेको भन्दै प्रदेशसभा सचिवायलमा पद रिक्तको लागि पत्र दर्ता गराएको हो। राजमोका महासचिव मनोज भट्ट र संसदीय दलको तर्फबाट पियारी थापाले पत्र पठाएका हुन्। मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई हटाउन कांग्रेसको पक्षमा हस्ताक्षर नगरेपछि थापालाई पार्टीले कारबाही गरेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्