लुम्बिनी प्रदेशमा कांग्रेस सांसदको व्यङ्ग्य : अवैधानिक काममा प्रदेश नमुना नै छ
बुटबल।नेपाली कांग्रेसका लुम्बिनी प्रदेशसभा सांसद अष्टभुजा पाठकले आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले लुम्बिनी प्रदेशलाई नमुना प्रदेश भनेकोमा व्यङ्ग्य गरेका छन्।उनले भने,“मन्त्री ज्यूले भन्नुभयो ७ प्रदेशमध्ये लुम्बिनी प्रदेश नमुना प्रदेश हो। हो,यो प्रदेश अनैतिक तरिकाको गठन भएको सरकार,अवैधानिक काम गर्नेमा लुम्बिनी प्रदेश नमूना नै हो।’ उनले एमालेले आफ्नो घरको झगडा रोक्न नसकेर नेपाली कांग्रेसलाई आरोप लगाउनु ठीक नहुने बताए।
प्रतिक्रिया दिनुहोस्