जसपा सांसदको प्रश्नः अल्पमतको सरकारलाई कसरी सरकार मान्ने? बुटबल।जनता समाजवादी पार्टीकी लुम्बिनी प्रदेशसभा सांसद पुर्मती ढेगाले सरकार अलोकतान्त्रिक,अवैधानिक र अनैतिक रुपमा भएको आरोप लगाएकी छन्।आजको प्रदेशसभा बैठकमा बोल्दै उनले भनिन,“संविधानको धारा ७८(१) बमोजिम सरकार बन्नसक्छ।तर एक दलको बहुमत नभएको अवस्थामा मुख्यमन्त्रीले प्रदेश प्रमुखको कार्यालयमा सपथ लिन नसकेर निवासमै सपथ खानु अवैधानिक हो।यो अल्पमतको सरकार हो।’ उनले उपधारा २ बमोजिमको सरकार हो भने विश्वासको मत लिनुपर्ने जिकिर गरिन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्